बर्दिवासमा विपद् व्यवस्थापन समितिको बैठकः बोरिङ निर्माण र मोटर जडानको निर्णय

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास, महोत्तरी
शनिबार बर्दिवास नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले बिपद्को वर्तमान अवस्थामा नगरवासीलाई राहत प्रदान गर्ने निर्णय गरेको छ। बैठकमा २०८२ असार ८ गते नेपाल सरकारले राजपत्रमार्फत मधेश प्रदेशलाई “विपद् संकटग्रस्त क्षेत्र“ घोषणा गरेपछि तत्कालीन राहत र व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो।

नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न बैठकले बोरिङ भएका तर मोटर नभएका स्थानमा तत्काल मोटर उपलब्ध गराउने र बोरिङ नै नभएका क्षेत्रका बासिन्दालाई आवश्यक प्रक्रियाअनुसार बोरिङ निर्माणको कार्य थालनी गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको हो।

बैठकमा नेपाल रेडक्रस सोसाइटी महोत्तरी उपशाखा बर्दिवासका प्रतिनिधि, इलाका प्रहरी कार्यालय बर्दिवास, सशस्त्र प्रहरी बल, इलाका प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

नगरपालिकाका अनुसार, हाल भइरहेको वर्षासँगै भू–जल सतह घट्दो क्रममा रहेकाले खानेपानी र कृषि प्रयोजनका लागि आवश्यक पानीको स्रोतमा पहुँच पु¥याउन यस्ता कदम चालिएको हो।

बर्दिवास नगरपालिकाले विपद् व्यवस्थापनमा नागरिकको सक्रिय सहभागिता, सहकार्य र सूचना साझेदारीलाई प्राथमिकता दिने प्रतिबद्धता समेत जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...