बर्दिवासका एक चिकित्सक जबर्जस्ती करणी तथा गैरकानुनी गर्भपतन अभियोगमा पक्राउ

आज्ञा खबर

बर्दिवास, महोत्तरी ।
सर्लाहीको बलरा घर भई बर्दिवासस्थित डी एन बी मेडिकेयर सेन्टरमा कार्यरत चिकित्सक डा. प्रवीण मिश्रालाई जबर्जस्ती करणी र गैरकानुनी गर्भपतनको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

४१ वर्षीय डा. मिश्रालाई बिहीबार पक्राउ गरिएको महोत्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्रकुमार भट्टले जानकारी दिए। उनका अनुसार डा. मिश्राविरुद्ध साउन ५ गते जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेको थियो।

प्रहरीका अनुसार डा. मिश्राले १६ वर्षीया किशोरीको १० हप्ताको गर्भपतन गराएका थिए। सो क्रममा अत्यधिक रक्तस्राव भएर ती किशोरी अचेत भएपछि परिवारले अनुसन्धानको माग गर्दै इलाका प्रहरी कार्यालय, बर्दिवासमा जबर्जस्ती करणीको उजुरी दर्ता गराएका थिए।

किशोरीका अभिभावकले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा किशोरीसँग जबर्जस्ती सम्बन्ध राखिएको र त्यसपछि बिना प्रक्रिया गर्भपतन गराइएको तथ्य खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चिकित्सक मिश्रालाई अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान अघि बढाइएको छ

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...