शहलेशबाबा मन्दिरको शौन्दर्यकरण सम्पन्न, नगर प्रमुख क्षेत्रीद्वारा उद्घघाटन

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

महोत्तरीको बर्दिवास–१२, अकवान टोलस्थित शहलेशबाबा मन्दिरको रंगरोगन तथा शौन्दर्यकरण कार्य सम्पन्न भएको छ। नेपालको सिन्तकृत जातिभित्र पर्ने पासवान समुदायको कुलदेवता मानिने सहलेशबाबाको बर्दिवास नगरपालिका भित्रका पासवान समुदायले पुजागर्ने यस मन्दिरको बिहीबार एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा उद्घाटन गरिएको हो।

बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले मन्दिरको उद्घघाटन गर्दै धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण मानिने शहलेशबाबा मन्दिरको संरक्षण र सम्वद्र्धनमा नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे।

नगर प्रमुख क्षेत्रीले उद्घघाटन समारोहमा मन्तव्य दिंदै भने, “बर्दिवास नगरभित्र रहेका सबै जातजाति, धर्म र संस्कृतिको सम्मान र पहिचानको संरक्षण गर्नु हाम्रो दायित्व हो। पासवान समुदायको आस्था केन्द्र शहलेशबाबा मन्दिरको शौन्दर्यकरण कार्य यसै सन्दर्भमा गरिएको पहल हो।”उनले भने

नगरपालिकाको २ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोगमा सम्पन्न भएको मन्दिरको सौन्दर्यकरण अन्तर्गत रंगरोगन, भित्ते सजावट, प्रवेशद्वारको सुधार र सरसफाइ लगायतका कार्य सम्पन्न गरिएका छन्।

कार्यक्रममा स्थानीय अगुवा, पासवान समुदायका प्रतिनिधिहरू, लगातको उल्लेख्निय उपस्थिति रहेको थियो। सहभागीहरूले मन्दिरको विकासमा देखाएको चासोप्रति नगरपालिका र नगर प्रमुखप्रति आभार व्यक्त गरे।

पासवान समुदायका अगुवा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्याम पासवानले भने, “हामी वर्षौंदेखि यस मन्दिरको संरक्षणका लागि प्रयास गर्दै आएका थियौं। नगरपालिका र नगर प्रमुखको सहयोगले आज हाम्रो सपना साकार भएको छ।”

शहलेशबाबा मन्दिरमा प्रत्येक वर्ष विशेष पूजा, भजन–कीर्तन तथा समुदायका पारिवारिक अनुष्ठानहरू हुने गरेका छन्। मन्दिर नवीकरणपछि श्रद्धालुहरूलाई थप आकर्षण र सुविधा हुने विश्वास गरिएको छ।

नगरपालिकाले धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीय पहिचान संरक्षण र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यसहित नगरभित्रका विभिन्न धार्मिक स्थलहरूको संरक्षणमा सक्रियता बढाएको छ। यसै क्रममा बर्दिवास–१२ को शहलेशबाबा मन्दिरको शौन्दर्यकरण पनि एक महत्वपूर्ण कडीका रूपमा रहेको बताइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...