फर्निचर व्यवसायीहरूको ११औं स्थापना दिवसमा बर्दिवासमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको ११औं स्थापना दिवसको अवसरमा “व्यवसायिक एकता, व्यवसायिक सफलता” भन्ने मूल नारासहित महोत्तरीको बर्दिवासमा बृहत स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।

भोली बिहीवार बिहान ८ बजेदेखि बर्दिवासको सिन्धुली रोडस्थित हुने उक्त कार्यक्रमको आयोजनाको जिम्मा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संस्था महोत्तरीले लिएको हो।

कार्यक्रमको बारेमा जानकारी दिँदै संस्थाका अध्यक्ष गोबिन्द बहादुर खड्का (रमेश)ले भने, “स्थापना दिवसलाई केवल उत्सवका रूपमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्न हामीले स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम ल्याएका हौं। यसले समुदायलाई प्रत्यक्ष फाइदा पु¥याउनुका साथै व्यवसायीहरूलाई एकजुट गराउने उद्देश्य राखिएको छ।”

स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी महोत्तरी उपशाखा बर्दिवास र शुभस्वस्तिक अस्पताल बर्दिवासले प्राविधिक सहयोग प्रदान गर्नेछन्। साथै, कार्यक्रमको सहयोगी संस्था नेपाल हेल्थ फाउन्डेशन बर्दिवास रहनेछ।

उक्त कार्यक्रममा बर्दिवासका फर्निचर तथा फर्निसिङ्ग व्यवसायीहरू, सामाजिक अभियन्ता, स्वयंसेवक तथा स्थानीय नागरिकहरूको सहभागिता अपेक्षा गरिएको छ। रक्तदानको महत्व र नियमित स्वास्थ्य परीक्षणको आवश्यकता जनसमुदायमा प्रचार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने आयोजक संस्थाको विश्वास छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...