जनकपुरधामको होटलमा रहस्यमय मृत्यु प्रकरणः युवाको ज्यान गएपछि युवती पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम 
जनकपुरधामस्थित एक होटलमा एक युवकको रहस्यमय मृत्यु भएपछि धनुषा प्रहरीले २४ वर्षीया एक युवतीलाई सार्वजनिक गरेको छ। घटनापछि स्थानीय क्षेत्रमा चासो र त्रास एकसाथ फैलिएको छ।

मृतक महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय विमलेश यादव (शनी) हुन्, जो जनकपुरधामको एसपी एण्ड गेष्ट हाउस नामक होटलमा आइतबार बिहान मृत अवस्थामा भेटिएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उनको साथमा थिईन बलवा नगरपालिका–७ बनौटा बस्ने जुली झा।

धनुषा प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत झालाई सार्वजनिक गर्दै घटनाका प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार शनिबार राति ९:५५ बजे यादव र झा संयुक्त रूपमा होटलमा प्रवेश गरेका थिए। तर करिब पाँच घण्टा बितिसक्दासम्म, आइतबार बिहान २:५७ बजे यादव नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेका थिए।

होटल परिसरमा राखिएको सिसीटिभी फुटेजमा यादव खसेको केही क्षणमै झा पनि हतारिँदै तल झरेको र होटलबाट बाहिरिएकै दृश्य देखिएको प्रहरीले जनाएको छ।

गम्भीर चोट लागेका यादवलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याइएको थियो। तर उपचारकै क्रममा आइतबार बिहान ७:४५ बजे उनको मृत्यु भएको हो।

घटनास्थलबाट प्रहरीले रगतले पोतिएको कपडा, धारिलो हतियार (छुरा) र केही अन्य वस्तुहरू बरामद गरेको छ। अनुसन्धानकर्ताहरूको अनुमानमा घटना जानीजानी गरिएको हुन सक्ने आशंका रहेको छ।

झालाई आइतबार दिउँसो नै पक्राउ गरिएको र हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीले घटनाको प्रकृति, सम्बन्धको पृष्ठभूमि र सम्भावित योजनाबद्धतामाथि गहिरो अनुसन्धान गरिरहेको जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...