आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ।
स्थानीय दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको शव मंगलबार राति सडकको खाल्डोमा भेटिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। उनी मंगलबार बिहानदेखि बेपत्ता थिए।
परिवारले दिनभर खोजी गर्दा पनि नभेटिएपछि साँझ प्रहरीलाई खबर गरिएको थियो। राति करिब ११ बजेतिर सडक निर्माणका लागि जेसिबीले खनेको खाल्डोमा पानीमा डुबेको अवस्थामा बालक मृत फेला परेका थिए।
घटनाबारे जानकारी दिन पुगेका इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० निरन्जन भट्टराईका अनुसार शव फेला परेको स्थानको आज बिहान मुचुल्का तयार गरिएको छ। ूघटनास्थल सुरक्षित छ, कुनै किसिमको अप्रत्याशित अवस्था देखिएको छैन,ू डीएसपी भट्टराईले भने।
मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।स्थानीयवासीले भने सडक निर्माणको क्रममा सुरक्षा सावधानी नअपनाइएकाले यस्तो दुर्घटना भएको भन्दै जिम्मेवार निकायप्रति असन्तुष्टि जनाएका छन्।
