मधेस प्रदेश प्रमुखले दुई महत्वपूर्ण विधेयक प्रमाणीकरण गरिन्

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका दुई विधेयक प्रमाणीकरण गरेकी छिन्।

नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार प्रमुख सुवेदीले ‘मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२÷८३ का लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’मा आफ्नो हस्ताक्षर गरी प्रमाणीकरण गरेकी हुँन।

यी विधेयकहरू प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन तथा खर्च व्यवस्थापनका लागि कानुनी आधार तयार पार्ने उद्देश्यले पारित गरिएका हुन्।

प्रदेशसभाबाट पारित भएका विधेयकहरूलाई प्रमाणीकरणसँगै अब ती प्रदेश सरकारका लागि कार्यान्वयन योग्य कानुनका रूपमा स्थापित भएका छन्।

प्रदेश प्रमुखको प्रमाणीकरणपछि बजेटसम्बन्धी प्रक्रिया औपचारिकरूपमा अगाडि बढ्ने सुनिश्चित भएको प्रदेश सरकारका अधिकारीहरूले जनाएका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...