आज्ञा खबर
सप्तरी
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ देखि नगरवासीका लागि न्यूनतम विद्युत शुल्क तिर्ने निर्णय गरेको छ। नगरप्रमुख विरेन्द्र माझीले सोमबार सम्पन्न १५औँ नगरसभामा सो घोषणा गरेका हुँन।
नगरप्रमुख माझीका अनुसार पाँच एम्पेयर लोड स्वीकृत भएका ग्राहकहरूका लागि अधिकतम २० युनिटसम्मको विद्युत महशुल नगरपालिकाले बेहोर्नेछ। उनले भने, “२० युनिटसम्मको बिल आएकाहरूको रेकर्ड विद्युत प्राधिकरणले उपलब्ध गराउनेछ, र त्यसै अनुसार नगरपालिका आफैले ती बिल तिरिदिनेछ।” उनले आगामी वर्षदेखि यो सीमा बढाएर ३० युनिटसम्म पु¥याउने योजना रहेको समेत जानकारी दिए।
नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ६६ करोड ६८ लाख ६६ हजार १ सय ७० रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगर उपप्रमुख सरिता सिपलियाले सोमबारको नगरसभामा उक्त बजेट सार्वजनिक गरेकी हुँन।
१४ वटा वडा रहेको यस पालिकामा वडा नम्बर १, ३, ४ र १४ लाई ८०÷८० लाख रुपैयाँको दरले र बाँकी १० वडालाई ५५÷५५ लाख रुपैयाँको दरले बजेट विनियोजन गरिने योजना रहेको उपप्रमुख सिपलियाले बताईन। वडा कार्यालय सञ्चालनका लागि मात्रै नगरस्तरीय सिमाबाट ८ करोड ७० लाख रुपैयाँ छुट्याइएको बताईएको छ ।





































