सर्लाहीमा वन निरीक्षण कार्यक्रम

[sharethis-inline-buttons]

आज्ञा खबर 

सर्लाही

डिभिजन वन कार्यालय सर्लाहीले वन संरक्षण तथा प्रवर्द्धनका विभिन्न कार्यको स्थलगत जानकारी दिन जिल्लाका संचारकर्मीलाई वन क्षेत्रको निरीक्षणमा लगेको छ।

शुक्रबार आयोजित अनुगमन भ्रमणका क्रममा कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न कार्यक्रमहरू, निरन्तर भइरहेका कार्यहरू, र नयाँ योजना समेटिएको विवरण सार्वजनिक गर्‍यो। अनुगमन टोलीले कार्यालयले उत्पादन गरेका विरुवा नर्सरी र वृक्षारोपण क्षेत्रको स्थलगत अवलोकनसमेत गरेको थियो।

डिभिजन वन प्रमुख सन्तोषकुमार झाले संचारकर्मीलाई बागमती क्षेत्रको भरत ताल (माछा पोखरी) सम्बन्धी चलिरहेको वन अतिक्रमण मुद्दा, काठ तस्करी नियन्त्रणका उपाय, लखन्देही लखाधार आयोजनाको प्रगति, तथा अतिक्रमण हटाउने अभियानबारे प्रष्ट पारे। प्रमुख झाका अनुसार, वन अतिक्रमण नियन्त्रण र जैविक विविधताको संरक्षणमा कार्यालय सक्रिय रूपमा संलग्न छ।

“वन क्षेत्रको संरक्षणमा जनसमुदाय र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुन्छ,” प्रमुख झाले भने, “सचेतना फैलाउन संचारकर्मीहरूको साथ अझ आवश्यक छ।”

कार्यक्रममा डिभिजनका वन अधिकृत, कर्मचारी र जिल्लाका विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थिति थियो। सहभागिहरूले वन क्षेत्रको सुधार र पारदर्शी कार्यप्रणालीलाई सघाउन सकारात्मक धारणा व्यक्त गरेका थिए।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...