cf1f va/
महोत्तरी
नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाले एचटिपी खबरका सञ्चालक तथा पत्रकार दिवाकर साहमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
२०७२ असार २३ गते सोमबार राति जलेश्वरस्थित पूर्वाधार विकास कार्यालयमा ‘अनुचित गतिविधि भइरहेको’ आशंकामा समाचार संकलनका लागि पुगेका पत्रकार साहमाथि केही व्यक्तिहरूद्वारा दुव्र्यवहार भएको महासंघले जनाएको छ।
घटनाप्रति प्रतिक्रिया जनाउँदै महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “पेशागत कर्तव्य निर्वाह गरिरहेका पत्रकारमाथि कुनै पनि प्रकारको अवरोध सिर्जना गर्नु प्रेस स्वतन्त्रताको विपरित कार्य हो। महासंघ यस्ता घटनाको सधैं भर्त्सना गर्दछ।”
महासंघले दुव्र्यवहारमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग माग समेत गरेको छ।
साथै महासंघले पत्रकार साहलाई पनि पेशागत मर्यादा र पत्रकार आचारसंहिताको पालना गर्दै कार्य सम्पादन गर्न अनुरोध गरेको छ।





































