स्थानीय प्रयासमा निर्माण भएको प्रहरी कार्यालय भवन हस्तान्तरण

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहशा
लहान नगरपालिका–१३ पक्कीटोलमा स्थानीयको सक्रियतामा निर्माण गरिएको अस्थायी प्रहरी चौकीको भवन बुधबार औपचारिक रूपमा प्रहरीलाई हस्तान्तरण गरिएको छ।

मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चर्तुवेदीलाई निर्माण समितिका अध्यक्ष अश्विन कुमार राउतले भवनको साँचो हस्तान्तरण गरेका हुन्। स्थानीयवासीहरूले चन्दा संकलन गरी जग्गा खरिद तथा भवन निर्माण गरेका थिए।

“सामूहिक प्रयासमा प्रहरी भवन निर्माण गरेर राज्यलाई हस्तान्तरण गर्न पाउँदा हामी गौरवान्वित छौं,” अध्यक्ष राउतले भने। लहान नगरपालिकाले पनि भवन निर्माणमा दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको मेयर महेश चौधरीले जानकारी दिए।

मेयर चौधरीले स्थानीयवासीको यो पहल शान्ति सुरक्षाप्रति जनप्रतिबद्धताको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे।

कार्यक्रममा डीआईजी चर्तुवेदीले लहानमा प्रहरी नायब उपरीक्षक र जिल्ला प्रहरी प्रमुखका रूपमा आफ्नो कार्यकालको स्मरण गर्दै समाजमा शान्ति सुरक्षाको जग बसाल्न सामुदायिक सहकार्य आवश्यक रहेको बताए।

हस्तान्तरण कार्यक्रममा योगदान गर्ने चन्दादाताहरूलाई सम्मान समेत गरिएको थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...