डिप बोरिङ्गबाट झरेको पानीले उज्यालो बनायो बर्दिवास–३ भब्सी रातमाटेका स्थानीयको अनुहार

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
लामो समयदेखि खानेपानीको चरम अभाव झेल्दै आएका बर्दिवास नगरपालिका–३ भब्सी रातमाटेका स्थानीयवासीले अन्ततः राहतको अनुभूति गरेका छन्। खानेपानीका लागि सञ्चालनमा ल्याइएको डिप बोरिङ्ग सफलतापूर्वक सञ्चालनमा आएपछि बस्तीभर पानीको सहज आपूर्ति हुन थालेको छ।
डिप बोरिङ्गको पानी झरेसँगै बस्तीमा हर्षको लहर छाएको छ। स्थानीयहरूका अनुहारमा आशा र खुशीको चमक देखिन्छ। नियमित रूपमा पानी नपाएर दिनहुँको जीवन अस्तव्यस्त बनेका बासिन्दाले अब सहज जीवनयापनको आशा गर्न थालेका छन्।

मंगलबार बिहान उक्त डिप बोरिङ्ग स्थलको अनुगमन गर्न पुगेका बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले स्थानीयसँग संवाद गर्दै भने, “अब तपाईंहरूलाई पानीको पिडा घट्नेछ। डिप बोरिङ्गबाट झरेको पानीले यहाँको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको छु।”

नगरप्रमुख क्षेत्रीले बर्दिवास नगरपालिकाले खानेपानीको पहुँच सबै वडासम्म पु¥याउने योजनाअनुरूप यो पहल भएको बताए। “हामी पूर्वाधार निर्माणमा मात्रै होइन, सेवा प्रभावकारितामा पनि समान ध्यान दिइरहेका छौं। बर्दिवास–३ मा अब पानीको अभाव हुन दिनेछैनौं,” उनले अठोट व्यक्त गरे।

डिप बोरिङ्ग सञ्चालनपछि त्यहाको पानी अब सिधा पाइप विस्तार गरेर ट्यांकीमा खसाल्ने काम समेत तीव्र पारिएको स्थानियले जनाएका छन्।

स्थानीयको सन्तोष थापाले यस्तो भने,

 

यस्तै, स्थानीय शम्भु प्रसाद दहालको खानेपानीको डिप बोरिङ्ग सञ्चालनपछिको भनाई यस्तो छ ।

सार्वजनिक सहकार्यको नतिजा
डिप बोरिङ्ग सञ्चालन नगरपालिकाको बजेटबाट गरिएको हो। झरेपछि अब दैनिक रुपमानै वितरण सुरु गरिने लक्ष्य राखिएको छ। प्रत्येक घरका सबै परिवारलाई नियमित रूपमा पानी पुगोस् भनेर थप सुधार कार्य हुँदैछ।”

यद्यपि डिप बोरिङ्ग सफल भए पनि पाइप विस्तार, पानी शुद्धीकरण र भण्डारण ट्यांकी निर्माण जस्ता कार्य बाँकी छन्। नगरप्रमुख क्षेत्रीले अबका केही महिनाभित्र बाँकी संरचना निर्माण कार्य सम्पन्न हुँने बताएका छन्।
बर्दिवास–३ का लागि डिप बोरिङ्ग पानीको स्रोत मात्र होइन, आशाको उज्यालो बनेर आएको छ। नगरपालिकाको पहल र स्थानीय सहभागिताले मिलेर टाढा देखिएको सपना अहिले बस्तीतर्फ झरिरहेको पानीसँगै साकार हुन थालेको छ। यस्तो जनमुखी योजना अन्य वडामा पनि विस्तारको काम निरन्तर हँुदै जानुले बर्दिवास नगरपालिका बासीको वास्तवमै जीवनस्तर सुधार हुने लक्ष्य तर्फ उन्मुख भएको देखिएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...