आज्ञा खबर
काठमाडौं,
माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरिएको छ। शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै परिणाम सार्वजनिक भएको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यस वर्ष नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड हासिल गरेका छन्। ३.६० देखि ४.० सम्मको उच्चतम ग्रेड पाउने विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ रहेको छ।
चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षा देशभरका २ हजार ७९ केन्द्रमा सम्पन्न भएको थियो। परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए।
नतिजा हेर्ने तरिका:
विद्यार्थीले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको प्रयोग गर्न सक्नेछन्। राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट www.neb.gov.np बाट नतिजा हेर्न सकिनेछ। यद्यपि, वेबसाइटमा सम्पूर्ण विवरण केही समयपछि मात्र उपलब्ध हुने बोर्डले जनाएको छ।
त्यसैगरी, नेपाल टेलिकमले उपलब्ध गराएको सेवा प्रयोग गरेर पनि नतिजा प्राप्त गर्न सकिन्छ। मोबाइल वा ल्यान्डलाइन फोनबाट १६०० नम्बरमा डायल गरी निर्देशानुसार आफ्नो सिम्बोल नम्बर राखेपछि नतिजा सुन्न सकिनेछ।
वैकल्पिक माध्यमहरू:
-
नेपाल टेलिकमको एसएमएस सेवा
-
निजी वेबसाइट र एपहरू (जुन बोर्डले अनुमोदन गरेका छन्)
विद्यार्थी तथा अभिभावकहरूलाई संयमित भएर आधिकारिक स्रोतहरूबाट मात्र नतिजा हेर्न बोर्डले आग्रह गरेको छ।

