आज्ञा खबर
बर्दिवास
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ अन्तर्गतको भब्सी,रातमाटे गाउँ वर्षौंदेखि खानेपानी र सिँचाइको चरम अभाव झेलिरहेको क्षेत्र हो। आकाशे पानीको भरमा जीवन गुजारीरहेका यहाँका बासिन्दाले अब भने पिउने पानीका लागि नदि र कुवा धाउनुपर्ने बाध्यता हट्ने आशा देखेका छन्। बुधवार डिप बोरिङ्ग योजनाको शिलान्याससँगै भब्सीवासीको अनुहारमा उत्साह झल्किएको छ।
नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रममा स्थानीयको उत्साह देख्दा सहजै अनुमान गर्न सकिन्थ्यो कि यो योजनाले कति गहिरो आशा बोकेको छ।
भब्सीका अधिकांश बासिन्दा कृषिमा आधारित जीवन यापन गर्छन्। तर पर्याप्त सिँचाइ नभएकाले उनीहरूको खेतमा भनेजस्तो उपज दिन सक्दैनथ्यो। बर्खे पानीमा मात्रै भर पर्नुपर्ने बाध्यता थियो। त्यसैले खेतीपातीले खासै फाइदा नदिएको गुनासो किसानको साझा पीडा बनिसकेको थियो।
भब्सीका कृषक कृष्ण बहादुर खड्का भन्छन्, “हामीले दशकौं पर्खिएको यो सुविधा बल्ल आइपुग्न लागेको छ।
उनको भनाईको यो भिडियो
योठाउँमा हामी २५–२६ सालखेखी बसोवास गर्दै आयौ खनेपानीको सारै समस्स्या थियो स्थानीय बिष्णु प्रसाद दहाल भन्छन
“हामीलाई पानी ल्याउन धेरै टाढासम्म हिँड्नुपथ्र्याे
दहालको भनाईको यो भिडियो
डिप बोरिङ्ग योजनाको शिलान्यास नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले गरे। कार्यक्रममा उनले भने, “बर्दिवास नगरपालिकाले जनताको घरदैलोमा सेवा पु¥याउने अठोट लिएको छ। डिप बोरिङ्ग केवल खानेपानीको योजना होइन, यो कृषिमा पनि क्रान्तिको सुरुवात हो।”
उनले थपे, “हामीले प्राविधिकको सुझावअनुसार यो परियोजनाको डिजाइन तयार पारेका हौं। यस क्षेत्रको जमिनमुनि राम्रो जलस्रोत छ भन्ने अध्ययनले देखाएको छ। त्यसैका आधारमा २०० मिटरभन्दा गहिरो बोरिङ्ग गरिनेछ।”
नगरप्रमुख क्षेत्रीको नेतृत्वमा बर्दिवास नगरपालिकाले पछिल्ला केही वर्षयता खानेपानी क्षेत्रमा उल्लेख्य काम गरिरहेको छ। बर्दिवास–३ गौरीडाँडामा साना शहरी खानेपानी शाखा कार्यालयको स्थापना, बर्दिवास–१ मा पाइपलाइन विस्तार, तथा बर्दिवासका कृषिका पकेट क्षेत्रमा सिचाईकालागी डिप बोरीङ्ग तथा कृषि सडकहरुमा बिद्युतीकारणको व्यवस्था जस्ता प्रयासहरू जनताको जीवनस्तर उकास्ने खालका छन्। भब्सीको डिप बोरिङ्ग पनि त्यही निरन्तरताको भाग हो।
डिप बोरिङ्ग परियोजना अन्तर्गत खनिने खाल्डो करिब २०० मिटर गहिरो हुनेछ। प्राविधिकको अनुमानअनुसार यस बोरिङ्गबाट दैनिक लाखौं लिटर पानी निकाल्न सकिनेछ। यो पानी घरायसी उपयोगका साथै कृषि सिँचाइमा प्रयोग गर्न सकिनेछ।
डिप बोरिङ्गले यहाँको कृषिमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। भब्सीका अधिकांश किसान बर्खे धान, मकै र तरकारी खेतीमा निर्भर छन्। हिउँदमा पानीको अभावले गर्दा जमिन बाँझो राख्नुपर्ने बाध्यता थियो। तर अब, वर्षभरि सिँचाइको सुविधा भएमा हिउँदको तरकारी खेती, फलफूल र व्यावसायिक कृषि विस्तारको बाटो खुल्नेछ।
बर्दिवास नगरपालिकाको भब्सी रातमाटे क्षेत्रमा पानीको पहुँच विस्तार हुनु केवल जीवनयापनमा सहजता ल्याउने मात्रै होइन, यसले सामाजिक रूपान्तरणको ढोका पनि खोल्छ। महिलाले पानी ल्याउन धेरैटाढासम्म जान नपर्ने, बालबालिकाले समयमै विद्यालय पुग्ने, र किसानले आयआर्जनमा वृद्धि गर्ने—यी सबै डिप बोरिङ्गको संभावित प्रभाव हुन्।
भब्सीका बासिन्दाले विगतमा कति संघर्ष गरे भन्ने कुरा सम्झँदा आजको यो प्रगतिको खुसी अझ धेरै अर्थपूर्ण लाग्छ। कहिल्यै नथामिएको पानीको गाग्रो कहिल्यै नपुरिएको धारो र कहिल्यै नचलेकाको सिँचाइ पम्प—यी सबै पीडा अब इतिहास बन्ने आशा गरिएको छ।
भब्सीको डिप बोरिङ्ग योजना केवल एउटा विकासे शिलान्यास होइन। यो दशकौंको प्यास, पीडा र प्रतीक्षाको समापन हो। यसको सफल कार्यान्वयनले नगरको योजना, प्राविधिक क्षमता, र जनताको सहभागिता—यी सबैको समन्वयले सम्भव हुन्छ भन्ने उदाहरण दिन सक्छ।
यदि योजना सफलतापूर्वक कार्यान्वयनले भब्सीबासीले पानी मात्रै होइन, सम्भावनाको एउटा नदी नै पाउनेछ। नगरप्रमुख क्षेत्रीले जुन ‘क्रान्तिको सुरुवात’को कुरा गरे—त्यो क्रान्ति अब भब्सीको माटोमै अंकुराउन थालेको छ।





































