मनहरीपुरमा डिप बोरिङ्गमार्फत खानेपानी र सिचाईको दीर्घकालीन समाधान

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
स्थानीय सरकार जनताका समस्या बुझ्नैका लागि हो भन्ने अनुभूति गराउँदै बर्दिवास नगरपालिका–६ स्थित मनहरीपुरमा दीर्घकालीन खानेपानी तथा सिचाई समाधानका लागि डिप बोरिङ्ग गाड्ने योजना सुरु गरिएको छ। जनताको मागलाई प्राथमिकता दिदै यो योजनाको औपचारिक सिल्यान्यास नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको उपस्थितिमा बिहीवार सम्पन्न भएको हो।
सिल्यान्यास कार्याक्रमा बोल्दै नगरप्रमुख क्षेत्रीले जनताको व्यथालाई महसुस गर्दै भने,

“यो केवल एउटा डिप बोरिङ्ग मात्र होइन, आत्मनिर्भरता र समृद्धिको दिशामा टेकेको पाइला हो। हामीले जनतासँग गरेका वाचा निभाउँदैछौ र आगामी दुई वर्षभित्र बर्दिवास नगरपालिकाका सबै वडामा आधारभूत खानेपानी सेवा पु¥याउने हाम्रो योजना रहेको छ।“हामी केवल योजना मात्रै बनाउँदैनौं, जनताको समस्या पनि महसुस गर्छौं। त्यसको समाधानका लागि सक्रिय रहन्छौं। बर्दिवासका सबै बस्तीमा गुणस्तरीय सेवा पु¥याउनु हाम्रो लक्ष्य हो।”यो योजनाको अनुगमन, मर्मत र दीर्घकालीन व्यवस्थापनमा स्थानिय जनसहभागिता हुने नगरप्रमुख क्षेत्रीले बताए।

स्थानीय विकासको गतिलाई तीव्र बनाउने क्रममा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को बजेटबाट उक्त योजना अघि बढाएको हो। कृषि प्रधान बस्ती मनहरीपुरमा सिँचाइ र खानेपानीको स्थायी समाधानले जनजीवनमा गुणात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
मनहरीपुरका कृषक वर्षौंदेखि असिन्चित समस्या र सुख्खा इनारको पीडामा थिए। मौसमअनुसार पानीको अनिश्चितता, बढ्दो तापक्रम, र भूमिगत जलस्रोतको गहिरिँदो स्तरले गर्दा जीवन जिउन कठिन भइरहेको थियो।
अहिले गाउँमा बोरिङ्ग गाडने काम नगरपालिकाले गरीरहेको छ।“हाम्रो वर्षौं देखिको समस्या अब समाधान हुने आशा गरेका छौं। यो हाम्रो जीत हो,“ स्थानीय रोहित कुमार यादवले प्रतिक्रिया दिए।

नगरपालिकाले भूगर्भ विज्ञ, प्राविधिक र स्थानीय बासिन्दासँगको समन्वयमा करिब २०० फिट गहिराइमा डिप बोरिङ्ग गाड्ने निर्णय गरेको हो। भूमिगत जल निकासी गरी मोटरको सहायताले पानी सतहमा ल्याउने र त्यसलाई पाइपमार्फत खेत र घरसम्म पु¥याउने योजना बनाइएको छ।

उक्त डिप बोरिङ्गबाट सुरुमा करिब १०० घरधुरीलाई प्रत्यक्ष लाभ पुग्नेछ। यसले मनहरीपुरमा बर्सेनि हुने पानीको हाहाकार र खेतीमा पर्ने असरलाई घटाउने विश्वास लिइएको छ।
मनहरीपुरमा धान, मकै, तरकारी र दलहन खेती मुख्य पेशा हो। यद्यपि, सिंचाइको अभावका कारण उत्पादनमा सधैं अनिश्चितता थियो।
“पहिला पानी नहुँदा खेत बाँझो रहन्थ्यो। अब त खेती लगाउन सजिलो हुनेछ। हामीले उत्पादन झनै बढाउनेछौं।“ स्थानिय कृषक ब्रम्हदेव यादवले भने,
डिप बोरिङ्ग गाड्ने योजनाले कृषि उत्पादनमा वृद्धि मात्र होइन, यस स्थानको आम्दानी, पोषण र रोजगारीमा समेत सकारात्मक प्रभाव पार्नेछ।

उक्त डिप बोरिङ्ग योजनामा स्थानीय युवा, महिला समूह र कृषक समितिको समेत सहभागिता सुनिश्चित गरिएको छ। कार्यक्रममा सहभागी स्थानीय एक महिलाले भनिन्,
“पहिलेदेखि हामी सधैं पानीका लागि संघर्ष गथ्र्यौं। अब हाम्रो बस्तीमा पनि परिवर्तन आउनेछ। नगरपालिकाले हाम्रो समस्या बुझेकोमा खुसी लागिरहेको छ।”
बजारमुखी वा चुनावमुखी आश्वासनभन्दा टाढा रहेर नगरप्रमुख क्षेत्रीको यो कार्यशैली समस्याको जरोमा पुगेर समाधान खोज्ने प्रवृत्तिको ज्वलन्त उदाहरण हो। उनले ‘दिगो विकास’ शब्दलाई कार्यान्वयनको मञ्चमा उभ्याएका छन्।

नगर प्रमुख क्षेत्रीलाई विगतदेखि नै जनमुखी, सेवा–केन्द्रित तथा नारा भन्दा नतिजा दिने नेतृत्वकर्ता मानिँदै आएको छ। डिप बोरिङ्ग योजना त्यो दृष्टिकोणको मूर्त रूप हो।
डिप बोरिङ्ग उद्घाटन समारोह अत्यन्त उल्लासमय भयो। कार्यक्रममा नगरप्रमुख, वडा अध्यक्ष, नगरपालिकाका प्राविधिक, कृषक, पत्रकार, शिक्षक, महिला समूह, र नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो।

सामाजिक संलग्नतासँगै यो योजनाले स्थानीय जनताको आत्मबललाई बढाएको छ।

डिप बोरिङ्ग गाडने योजनाले बर्दिवास नगरपालिकाको विकासको दृष्टिकोणमा नयाँ धार ल्याएको छ। त्यसैकारणले समेत यो केवल भौतिक पूर्वाधार निर्माण मात्र होइन, जनताको दैनिकी सुधार गर्ने उद्देश्यले अगाडि बढाइएको योजना समेत हो ।
मनहरीपुरमा सुरु गरिएको डिप बोरिङ्ग परियोजना केवल खानेपानी र सिचाईको उपाय मात्रै होइन—यो एक दृष्टान्त हो, जहाँ स्थानीय सरकारले जनताको समस्या बुझ्न सक्छ, समाधान गर्न सक्छ र आत्मनिर्भरताको बाटो खोल्न सक्छ।

जनप्रतिनिधिले जनताको पीडा महसुस गर्छन् भने त्यो नेतृत्वको शक्ति हुन्छ। नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले देखाएको यो कार्यशैलीले अन्य स्थानीय तहहरूलाई पनि सिक्न योग्य पाठ दिन सक्छ।

अब मनहरीपुरका बालबालिका शुद्ध पानी पिउन पाउनेछन्। कृषकले समयमै खेत सिँचाइ गर्न सक्नेछन्। महिलाहरूले खानेपानीको खोजीमा बिताउने समयलाई उत्पादनमूलक काममा लगाउन सक्नेछन्। र यो परिवर्तनको यात्रा, एउटा डिप बोरिङ्गको उद्घाटनसँगै सुरु भएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...