आज्ञा खबर
सर्लाही
स्थानीय व्यवसायी महेशकुमार महतो उद्योग वाणिज्य संघ लालबन्दीको सातौं कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
संघको निर्वाचन प्रक्रियाअनुसार अध्यक्ष पदमा महतो बाहेक कसैले उम्मेदवारी नदिएपछि उनी स्वतः निर्वाचित भएका हुन्। लालबन्दी नगरपालिका–७ स्थित महेश हार्डवेयरका सञ्चालक समेत रहेका महतो यसअघि संघमा विभिन्न तहमा सक्रिय रहँदै आएका थिए।
निर्वाचन समितिका संयोजक कल्याणकुमार जोशीका अनुसार, उम्मेदवारी दर्ता, फिर्ता र दावी विरोधका सम्पूर्ण प्रक्रिया पूरा भएपछि सोमबार बेलुका निर्विरोध उम्मेदवारहरूको औपचारिक घोषणा गर्ने तयारी छ। समितिका अनुसार अध्यक्षसहित अन्य सबै पदाधिकारी र सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन्।
संघको नयाँ नेतृत्व निम्नानुसार चयन भएको छः
-
वरिष्ठ उपाध्यक्ष : रामप्रसाद देवकोटा
-
उपाध्यक्ष (उद्योग तर्फ) : विशाल थापा
-
उपाध्यक्ष (वाणिज्य तर्फ) : राजकुमार चौधरी
-
महासचिव : गोपालबहादुर श्रेष्ठ
-
कोषाध्यक्ष : विक्रम खड्का
-
उप–महासचिव : सञ्जित शंकर
-
सचिव : कमलाकुमारी थापा
-
सह–सचिव : सुधिरकुमार गुप्ता
सदस्यहरूमा देबकलाकुमारी, ओमकुमारी थापा, रेविका विश्वकर्मा, वर्षाकुमारी लामा, बिमलेश साह, दिलीपकुमार पाठक, पदमप्रसाद घिमिरे, कृष्ण बछार, आलोककुमार कुशवाहा, किरण घिमिरे, मनोज श्रेष्ठ र कृष्णकुमार चयन भएका छन्।
संघको १०औँ अधिवेशन अन्तर्गत साधारण सभाको उद्घाटन यही असार ७ गते (शनिबार) सम्पन्न भएको थियो। अध्यक्ष चयनमा सहमति नजुटेमा असार ४ गते मतदान गरिने तयारी थियो। तर सम्पूर्ण पदमा एकल उम्मेदवारी परेपछि अब निर्वाचन बिना नै नयाँ कार्यसमिति गठन हुन लागेको हो।
व्यवसायीहरूको साझा संस्था उद्योग वाणिज्य संघ लालबन्दीमा हाल १७९ जना आजीवन र ७४५ जना साधारण सदस्य छन्। संघका निवर्तमान अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीका अनुसार संघले स्थानीय व्यापार र उद्योग प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।