लघुउद्यमबाट आत्मनिर्भरताः बर्दिवास–१ मा महिलामुखी सृंगार सामग्री तालिम सुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
“रोजगारीको ढोका सीपमार्फत खोलिन्छ“ भन्ने विश्वाससहित बर्दिवास नगरपालिका–१ मा महिलामुखी सीप विकास तालिम सुरु गरिएको छ। मंगलबारदेखि सुरु भएको एकहप्ते तालिममा महिलाहरूलाई सृंगार सामग्री निर्माणको व्यावहारिक ज्ञान दिइँदैछ।

वडाध्यक्ष भोला खड्काले तालिमको उद्घाटन गर्दै महिलाले आत्मनिर्भर बन्ने अवसरको रूपमा यस तालिमलाई लिन आग्रह गरे। “सीप भनेको आत्मनिर्भरता तर्फको पहिलो पाइला हो,” उनले उद्घाटन कार्यक्रममा भने, “यसलाई गम्भीरतापूर्वक लिनुहोस् र उद्यममा रूपान्तरण गर्नुहोस्।”

बर्दिवास नगरपालिका–१ को कार्यालयबाट तीन लाख पचास हजार रुपैयाँको लगानीमा सञ्चालित तालिममा २५ जना महिलाको सक्रिय सहभागिता छ। सहभागीहरूलाई चुरा, पोते, बाला, औंठी र कानका टप बनाउने सीप दिइँदैछ।

तालिममा प्राविधिक सहयोग महिला उद्यमी संघ, महोत्तरी–बर्दिवासले प्रदान गरेको हो। संघका प्रशिक्षकहरूले व्यावहारिक शिक्षामार्फत महिलालाई उद्यमशीलताको बाटो देखाइरहेका छन्।

आयोजकहरू विश्वासमा छन्— “यो तालिम केवल सृंगार सामग्री बनाउन सिकाउने कार्यक्रम होइन, यो महिलालाई आफ्नै पाखुरा बलियो बनाउँदै आर्थिक स्वतन्त्रता हासिल गर्ने सशक्त माध्यम पनि हो।”

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...