आज्ञा खबर
बर्दिवास
प्रतिबन्धित लागुऔषध विन कोरेक्स बोकेर बर्दिबास नगर क्षेत्रमा अवैध कारोबारमा संलग्न एक युवकलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
सोमबार दिउँसो करिब १ः१० बजे बर्दिबास नगरपालिका–१४ स्थित गौतम होटल नजिकैको क्षेत्रबाट २७ वर्षीय शशिभुषण सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सिंह सर्लाहीको बलरा नगरपालिका–१०, सुदामाका बासिन्दा हुन्,। हाल उनि बर्दिबास–१४ मा बसोबास गर्दै आएका थिए।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा उनी सवार ज.७ प १३८८ नम्बरको मोटरसाइकल जाँच गर्दा प्रतिबन्धित लागुऔषध फेला परेको हो।
प्रहरीका अनुसार मोटरसाइकलको लेगार्डमा कालो प्लास्टिकमा लुकाएर लैजाँदै गरेएको विन कोरेक्स १०० एम.एल को १७ बोतल बरामद गरिएको छ।
प्रहरी नायब निरीक्षक मिन बहादुर रावल र सरोज कुमार अधिकारीको कमाण्डमा खटिएको संयुक्त टोलीले सिंहलाई तत्काल नियन्त्रणमा लिई बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाएको छ।
प्रहरी स्रोतका अनुसार, लागुऔषधको अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान र निगरानीलाई थप कडा बनाइएको छ। प्रहरीले यस किसिमका गतिविधिमाथि शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ।
