विवाह गर्ने उमेर घटाउनुपर्ने मन्त्री साहको सुझाव

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले विवाह गर्ने उमेर घटाउनुपर्ने सुझाव दिएका छन्। आइतबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय राय–सुझाव कार्यक्रममा बोल्दै उनले केटीहरूको विवाह उमेर २० वर्षबाट घटाएर १८ वर्षमा ल्याउनुपर्ने धारणा राखे।

‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्ययोजनाको मस्यौदामाथि सुझाव संकलन गर्न आयोजना गरिएको कार्यक्रममा मन्त्री साहले सामाजिक, धार्मिक परिवेश तथा अभिभावकहरूको चाहनालाई ध्यानमा राख्दै विवाहको न्यूनतम उमेर पुनर्विचार गर्नुपर्ने बताए।

‘सरकारले हाल केटीहरूको विवाहको उमेर २० वर्ष तोकेको छ, तर अहिलेको परिवेश हेर्दा त्यसलाई १८ वर्षमा झार्नुपर्ने देखिन्छ,’ मन्त्री साहले भने।

उनका अनुसार सो सम्बन्धी प्रस्ताव संघीय संसद्मा पेस भइसकेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...