गणतन्त्र दिवशमा वर्दिबासमा दिप प्रज्वलन गरीयो

[sharethis-inline-buttons]

माधव पौडेल
वर्दिवास
नेकपा एमाले वर्दिवास नगर कमिटि र नेकपा माओवादि वर्दिवास नगर कमिटिले वर्दिवासचौकको  छुट्टा छुट्टै स्थानमा विहिबार साँझ दीप प्रज्वलन गरी १८ औ गणतन्त्र दिवश मनाएको छ । १८औं गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेले सिन्धुलिरोडको मुखमा र माओवादिले भोलावसन्त चौकमा दीप प्रज्वलन गरेको हो ।

नेकपा माओवादिले गरेको दिप प्रज्वलन

नेकपा एमाले नगरकमिटि अध्यक्ष काहारमान स्याङवा ज्यूको नेतृत्वमा भएको कार्यक्रममा अनुशासन समिति सदस्य दुर्गा दहाल, प्रदेश कमिटि सदस्य सरीता ढुगांना लगाएको उपस्थिति रहेको थियो । त्यसैगरी नेकपा माओवादिले गरेको कार्यक्रममा जिल्ला ईन्चार्ज प्रकाश पोखरेल, राष्ट्रिय सभाका पुर्व उपाध्यक्ष शसिकला दहाल तथा माओवादि नेता पुर्व मेयर विदुर कार्कि लगाएत माओवादि नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । गणतन्त्र दिवश पनि दुवै कम्युनिष्ट पार्टिले मिलेर एकैठाउ मनाउन नसक्नुले जनतामा भने गलत सन्देश जाने तर्फ भने पार्टिका नेताहरु सचेत नभएको देखिन्छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...