बर्दिवास–१० बिश्वकर्मा चोकदेखि फारलाइनको सडक कालोपत्रे

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिका–१० अन्तर्गत बिश्वकर्मा चोकदेखि फारलाइनसम्मको मुख्य सडकको कालोपत्रको कार्य सम्पन्न भएको छ। नगरपालिकाको ४० लाख रुपैयाँको लगानीमा सम्पन्न उक्त सडक योजनाले स्थानीय बासिन्दाहरूलाई सवारी आवागमनमा ठूलो राहत पु¥याएको हो।
बर्दिवास नगरपालिकाले सर्लाहीस्थित बबिता निर्माण सेवासँग ठेक्का सम्झौता गरी सडक निर्माणको जिम्मा दिएको थियो। २०८१ पुस १८ गते सम्झौता भएको यस योजना अन्तर्गत २०८१ फागुन १८ गतेबाट काम सुरु गरिएको थियो। यद्यपि तोकिएको म्याद २०८२ पुस २९ गतेसम्म रहे पनि निर्माण कम्पनीले समयभन्दा अगावै, २०८२ वैशाखमै काम सम्पन्न गरेको नगरपालिकाको योजना शाखाले जानकारी दिएको छ।
५सय३३ मिटर लम्बाइ र ५।५ मिटर चौडाइको सो सडक प्रिमिक्स कार्पेट प्रविधिमा कालोपत्रे गरिएको हो। लामो समयदेखि जीर्ण अवस्थामा रहेको यो सडकले स्थानीयहरूलाई दैनिक आवागमनमा कठिनाइ र धुलो–माटोको समस्या झेल्न बाध्य बनाएको थियो।
“अब भने सहज सवारी आवागमन हुनुका साथै धुलो र हिलोको समस्या हटेको छ,” स्थानीय एक बासिन्दाले भने, “यसले हामीलाई साँच्चिकै राहत दिएको छ।”
नगरपालिकाले यो सडकलाई स्थानीय पूर्वाधार सुधारका प्राथमिक योजनामध्ये राखेको थियो। अन्य वडाहरूमा पनि यस्ता योजनाहरू क्रमशः अघि बढाइने बर्दिवास नगरपालिकाले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...