पूर्वमन्त्री अफताव आलम बमकाण्ड मुद्दामा उच्च अदालतबाट निर्दोष ठहर

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई बम विस्फोट र हत्या आरोपमा लागेको जन्मकैदको सजायबाट उच्च अदालतले सफाइ दिएको छ।

वीरगञ्जस्थित उच्च अदालतको संयुक्त इजलास—न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनले—रौतहट जिल्ला अदालतको पूर्व निर्णयलाई उल्टाउँदै आलमलाई निर्दोष ठहर गरेको हो।

यसअघि जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। तर, आलमले त्यो फैसलाविरुद्ध उच्च अदालतमा पुनरावलोकनको माग गर्दै अपिल गरेका थिए।

यो फैसलासँगै लामो समयदेखि चर्चामा रहेको बमकाण्ड मुद्दामा नयाँ मोड आएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...