आज्ञा खबर
पर्सा
पर्सा जिल्लामा किशोरीमाथि बलात्कारको आरोपमा दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–६, सङ्ठीका २३ वर्षीय विशाल यादव र भारतको एक नागरिक मनिष पासवान रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी किशोर लम्सालका अनुसार यादवमाथि किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप छ भने भारतीय नागरिक पासवानले पनि एउटै प्रकृतिको अपराध गरेको अभियोग लागेको छ। प्रारम्भिक अनुसन्धान अनुसार पासवानले पीडित किशोरीलाई प्रलोभन देखाई भारत पुर्याएर पटक–पटक यौन दुव्र्यवहार गरेको बताइएको छ।
पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा दुवै अभियुक्तविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट थुनामा राख्न अनुमति लिएर विस्तृत अनुसन्धान भइरहेको जानकारी प्रहरी स्रोतले दिएको छ।
