आज्ञा खबर
महोत्तरी
नेपाल प्रेस युनियन महोत्तरीले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल जलेश्वरमा उपचाररत बिरामीहरूलाई फलफुल वितरण गरेको छ।
स्थापना दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने अभियानको सुरुआतस्वरूप पहिलो दिन अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफुल वितरण गरिएको युनियनका अध्यक्ष सन्तोष कुमार सिंहले जानकारी दिए।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार रविन्द्र उप्रेती, वरिष्ठ पत्रकार कमलेश मण्डल र प्रादेशिक अस्पतालका चिकित्सक डा. कृष्ण कुमार पंजियारले संयुक्त रूपमा बिरामीहरूलाई फलफुल वितरण गरेका थिए।
युनियनको यस किसिमको सामाजिक उत्तरदायित्व मूलक अभियानले पत्रकारिताको मानवीय पक्ष झल्काउने अध्यक्ष सिंहको भनाइ छ।
