सप्तरीको खेत किनारामा मृत नवजात शिशु फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीको कञ्चनरुप नगरपालिका–२, महादेवपट्टीमा सोमबार एक नवजात शिशुको शव मृत अवस्थामा फेला परेको छ।

स्थानीयवासीले बाटो छेउको खेतमा कपडाले बेरेर फालिएको अवस्थामा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव प्रसाद काफ्लेका अनुसार, शव केही दिनअघि फालिएको अनुमान गरिएको छ।

“शव दुईदेखि तीन दिनअघि त्यहाँ फालिएको हुनसक्ने,” डीएसपी काफ्लेले जानकारी दिए। मृत शिशु छोरी रहेको पुष्टि भएको छ।

प्रहरीले शिशुको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...