साइबर अपराध, लागुऔषध र आत्महत्या विरुद्ध सचेतनाः अभियान बर्दिवासमा सुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
शान्तिपूर्ण र सुरक्षित समाज निर्माणको लक्ष्यसहित ‘समुदाय–प्रहरी साझेदारी’अन्तरर्गत महोत्तरीको बर्दिवास नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम सुरु भएको छ । इलाका प्रहरी कार्यालय बर्दिवासको आयोजनामा सोमबारदेखि कक्षा ११ र १२ का विद्यार्थी लक्षित विद्यालयस्तरीय सचेतना अभियान औपचारिक रूपमा सुरु गरिएको हो ।

कार्यक्रमको उद्घघाटन बर्दिवास नगरपालिकाकी उप–मेयर तारादेवी महतोले गमलामा पानी सिंचेर गरेकी हुँन ।

उद्घघाटन कार्यक्रमलाई सम्बोधनगर्दै उप–मेयर महतोले किशोरकिशोरीहरूमा बढ्दो लागुऔषधको दुरुपयोग, साइबर अपराध र आत्महत्याका घटनाले समाजमा गम्भीर समस्या उत्पन्न गराएको उल्लेख गरेकी छिन । उनले प्रहरी, स्थानीय तह, विद्यालय र समुदाय मिलेर यस्तो खालको सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखकी छिन ।

इलाका प्रहरी कार्यालय बर्दिवासको नेतृत्वमा सञ्चालित उक्त कार्यक्रमलाई बर्दिवास नगरपालिका, नेपाल प्रहरी,सामाजिक संघ संस्था, सामुदायिक विद्यालय र अभिभावक समूहको सहकार्यमा अघि बढाइएको हो । कार्यक्रम अन्तरर्गत बर्दिवास नगरपालिकाभित्रका ६ वटा वडामा पर्ने ७ वटा सामुदायिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख (डिएसपी) बिकास बमले जानकारी दिए।

हाल बिकासको गतीसंगै बर्दिवासको समाजमा लागुऔषधको प्रयोग, बिक्रि बितरण र ओसार पसारले जालो बनाउदै गईरहेकोले यस स्थानमा बिभिन्न किसिमको जोखिम बढिरहेको बमले बताए ।
उनले विद्यालयमा सिधा पुगेर विद्यार्थीहरूसँग संवाद, प्रस्तुति र अन्तरक्रिया गरेर उनीहरूलाई व्यवहारिक रूपमा सचेत गराउने प्रयास कार्यक्रम मार्फत गरिएको जनाए ।

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक र अभिभावकहरूले प्रहरीको यस्तो पहलले विद्यालयस्तरमै समस्या पहिचान गर्न र समाधानको बाटो देखाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सहभागी संस्थाहरूले पनि युवापुस्ताको सुरक्षा र सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

सचेतनामूलक कार्यक्रममा प्रहरी अधिकारीहरू, मनोपरामर्शदाता, सूचना प्रविधि विज्ञ र पुनःस्थापना केन्द्रका प्रतिनिधिहरूले विभिन्न विद्यालयमा गएर परामर्श, व्याख्यान र अन्तरक्रिया सञ्चालन गर्नेछन् ।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक युवा क्लब, प्रहरीका पदाधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमको समन्वय र सञ्चालन इलाका प्रहरी कार्यालय बर्दिवासले गरिरहेको छ भने बर्दिवास नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउँने बताईएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तरगत सामाजिक सरोकारका मुद्दामा प्रहरी र समुदायबीचको दूरी घटाउने उद्देश्यसहित यस किसिमका कार्यक्रमहरू आयोजना गरिँदै आएका छन् । यस कार्यक्रमबाट विद्यार्थीहरूमा अनुशासन, आत्मनियन्त्रण र सकारात्मक सोच विकास हुने अपेक्षा गरिएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...