जनमत पार्टीको मधेशमा मन्त्री फेरबदलको तयारी

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टी आन्तरिक रुपमै मन्त्री फेरबदलको तयारीमा जुटेको छ। पार्टीले हाल कार्यरत दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो।

जनमतले वन तथा वातावरणमन्त्री त्रिभुवन शाह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मिया पार्टीको आगामी योजनाअनुसार पदमुक्त हुन सक्ने भएका छन्। पार्टी स्रोतका अनुसार उनीहरूको स्थानमा समानुपातिक सांसद बसन्त कुशवाहा र प्रत्यक्ष निर्वाचित सांसद सञ्जयकुमार यादवलाई मन्त्री बनाउने प्रस्ताव अघि बढाइएको छ।

जनमतका उपाध्यक्षसमेत रहेका कुशवाहा पार्टीभित्र प्रभावशाली नेता मानिन्छन्। स्रोतका अनुसार नेतृत्व तहमा कुराकानी टुंगो लागिसकेको छ र छिट्टै निर्णय कार्यान्वयनमा आउने सम्भावना छ।

गत २५ जेठ ०८१ मा मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा गठन भएको सरकारमा शाह र मियाले जनमत पार्टीबाट मन्त्री पद सम्हालेका थिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...