अन्तर्राष्ट्रिय म्याथ ओलम्पियाडमा कास्य पदक जित्ने आशिष मिश्रलाई मधेस सरकारद्वारा सम्मान

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई मधेस प्रदेश सरकारले विशेष सम्मान प्रदान गरेको छ। उनले हालै तुर्कमेनिस्तानमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा नेपाललाई प्रतिनिधित्व गर्दै कास्य पदक जितेका थिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहमा मुख्यमन्त्री सतिशकुमार सिंहले मिश्रलाई सम्मान गरेका हुन्। कार्यक्रममा बोल्दै सिंहले मधेसको भूमिलाई ‘हिरा उत्पादन गर्ने’ भूमि भन्दै शिक्षा नै ती हिरालाई तरास्ने माध्यम भएको बताए। “हामीकहाँ धेरै प्रतिभा छन्, तर ती प्रतिभालाई निखार्ने काम हुन सकेको छैन। यदि यस्ता युवालाई अवसर दिइयो भने राष्ट्र निर्माणमा ठूलो योगदान दिन सक्नेछन्,“ उनले उल्लेख गरे।

ओलम्पियाडबाट फर्किएका मिश्रले म्याथमेटिक्स ओलम्पियाडलाई एकेडेमिक ओलम्पिकको संज्ञा दिँदै युवा पुस्तालाई केवल किताबमा सीमित नभई यस्ता प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे। “यस्ता क्रियाकलापमा सहभागिता जनाउँदा रिसर्च लगायत विभिन्न क्षेत्रमा सहयोग र अवसर प्राप्त हुन्छ,“ उनले भने।

अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा आयोजित उक्त ओलम्पियाडमा विश्वभरका तीन सयभन्दा बढी विद्यार्थीले व्यक्तिगत तथा समूहगत रुपमा प्रतिस्पर्धा गरेका थिए। पहिलो पटक सहभागी बनेका नेपाली टोलीले नै पदक जितेर ऐतिहासिक सफलता हासिल गरेको हो।

यस उपलब्धिपछि आशिष मिश्र अब आउँदो जुलाई ९ देखि २१ तारिखसम्म अष्ट्रेलियामा आयोजना हुने ६६औं अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा सहभागी हुनेछन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...