सर्लाहीमा विवाहबाहेकको प्रेम सम्बन्धका कारण युवकको हत्या, प्रेमिका र उनका श्रीमानसहित छ जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्दाही
सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २८ वर्षीय अरविन्दकुमार पण्डित कुम्हारको हत्या विवाहबाहेकको प्रेम सम्बन्धका कारण भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार मलंगवामा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।

प्रहरीका अनुसार अरविन्दको ईश्वरपुर नगरपालिका–६, चिरानटोलकी २५ वर्षीया विवाहित महिला नजिमा खातुनसँग लामो समयदेखि प्रेम सम्बन्ध थियो। यिनै सम्बन्धका कारण उनको हत्या गरिएको प्रहरीले बताएको छ। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले नजिमा खातुन, उनका श्रीमान (२९), बर्षिय मोस्तकिम अंसारी ४३), बर्षिय मोहम्मद हुसेन मोमिन ४०), बर्षिय सुयब अंसारी (२५), बर्षिय( कोनूर आलम अंसारी र (२५), सलाउद्दिन अंसारी लाई पक्राउ गरेको छ। सबै अभियुक्त आपसमा नातेदार रहेको जनाइएको छ।

प्रहरी अनुसन्धान अनुसार अविवाहित अरविन्द र तीन सन्तानकी आमा नजिमा गत चैत १९ गते घरबाट भागी भारत पुगेका थिए। एक महिना भारत बसेपछि बैशाख २० गते उनीहरु नेपाल फर्किए। त्यसपछि गाउँका पंचहरुको निर्णयमा नजिमाले पुनः आफ्ना श्रीमानसँगै बस्ने सहमति भएको थियो। तर, अरविन्दले पुनः नजिमाको घरमा आउजाउ गर्न थालेपछि गाउँले र परिवारले नजिमालाई मानसिक तनाव दिन थालेका थिए। यसैबीच नजिमा र उनका आफन्तले मिलेर अरविन्दको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानले देखाएको छ।

बैशाख २४ गतेदेखि बेपत्ता भएका अरविन्दलाई बैशाख २८ गते बिहान ईश्वरपुर नगरपालिका–६ स्थित फूलजोर बाबा मन्दिरमा बोलाइयो। त्यहाँबाट नजिकैको फूलजोर खोला किनारमा लगेर नजिमा, उनका श्रीमान मोस्तकिम र अन्यले मिलेर उनको हत्या गरेका थिए। एसपी योगेन्द्रकुमार खड्काका अनुसार हत्या भएपछि शव घाँसपातले छोपेर अभियुक्तहरु घर फर्किए। भोलिपल्ट राति शवलाई ईश्वरपुर नगरपालिका–८, थकरिया चौरीस्थित उखुबारीमा लगेर फालिएको थियो।

बैशाख ३० गते बिहान ८ः३० बजे उक्त शव फेला परेको भए पनि सुरुमा सनाखत हुन सकेको थिएन। प्रहरीले बेवारिसे शवको रूपमा शव पोस्टमार्टमका लागि मलंगवाको प्रादेशिक अस्पतालमा पठाएको थियो। बैशाख ३१ गते मृतकका दाजु अशोककुमार पण्डित कुम्हारले अस्पतालमा पुगेर शवको पहिचान गरेका थिए।

प्रहरीका अनुसार हत्या मुख थुनेर गरिएको हो र कुनै हतियार प्रयोग भएको प्रमाण फेला परेको छैन। सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...