आज्ञा खबर
सिराहा
सिराहाको गोलबजार नगरपालिका–४ भुल्केबाट अवैध रुपमा ओसारपोसार गर्न लागिएको काठसहित ट्र्याक्टर बरामद गरिएको छ।
शनिबार साँझ सब डिभिजन वन कार्यालय चोहर्वा र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले स १ त ५७८७ नम्बरको ट्र्याक्टरमा लोड गरिएको करिब २५ वटा गमहाइर जातका गोलिया काठ नियन्त्रणमा लिएको हो।
डिभिजन वन कार्यालय, लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार ट्र्याक्टर चालक भने घटनास्थलबाट फरार छन्।
काठ र ट्र्याक्टरको मालिकको पहिचान खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको चौधरीले जानकारी दिए।





































