विश्व रक्तचाप दिवसको अवसरमा बर्दिवासमा निःशुल्क मुटु परीक्षण शिबिर सम्पन्न

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
विश्व रक्तचाप दिवसको अवसरमा नेपाल हट फाउन्डेशन महोत्तरी शाखा बर्दिवासको आयोजनामा बर्दिवासमा निःशुल्क मुटु परीक्षण शिबिर सम्पन्न भएको छ। उक्त शिबिरमा शुभस्वस्तिक अस्पताल, बर्दिवासले प्राविधिक सहयोग प्रदान गरेको थियो।

शिबिरमा डाक्टरको परामर्श, मधुमेह (डायबेटिज) जाँच, ईसीजी परीक्षण, कोलेस्ट्रोल जाँच लगायतका सेवा निःशुल्क प्रदान गरिनुका साथै अन्य परीक्षणमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट पनि दिइएको थियो।

स्वास्थ्य शिबिर विशेषगरी चालक संघका सदस्यहरू, मेसिनसम्बन्धी श्रमिकहरू, तथा मुटुरोगका बिरामीहरूलाई लक्षित गरेर सञ्चालन गरिएको थियो।

शिबिरमा जम्मा १ सय २६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। परीक्षणको क्रममा ११ जना व्यक्तिमा न्यून रक्तचाप (लो ब्लड प्रेसर) र ५ जना व्यक्तिमा उच्च रक्तचाप (हाइ ब्लड प्रेसर)को समस्या देखिएको बर्दिवास हट फाउन्डेशन महोत्तरी शाखाका अध्यक्ष दीपक कार्कीले जानकारी दिए।

स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यो शिबिरलाई स्थानीयबासी तथा लक्षित समुहका व्यक्तिहरुले सकारात्मक रूपमा लिएको आयोजक संस्थाले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...