बक्सिङ खेलाडी धर्मेन्द्र रामलाई लालबन्दीमा सम्मान

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–७ का बक्सिङ खेलाडी धर्मेन्द्र रामलाई आज विशेष समारोहबीच सम्मान गरिएको छ।

हालै भारतको केरलामा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनशीपमा रामले स्वर्ण पदक जितेर देश तथा स्थानीय क्षेत्रको नाम उजागर गरेका थिए। यस उपलब्धिपछि उनलाई लालबन्दी–७ वडा कार्यालयले नगद १६ हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गर्दै सम्मान गरेको हो।

वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) का अनुसार रामले बक्सिङमार्फत लालबन्दीको पहिचान विस्तार गर्न सफल भएका छन्। सम्मान कार्यक्रममा वडाध्यक्षसहित अन्य जनप्रतिनिधि र कर्मचारीको उपस्थिति रहेको थियो।

सम्मान–पत्रमा आगामी दिनमा पनि रामले खेलकुदको माध्यमबाट लालबन्दीको गौरव बढाउने अपेक्षा व्यक्त गरिएको छ।