वीरगञ्ज भन्सारको १० महिनामा रु १ खर्ब ४० अर्बभन्दा बढी राजस्व सङ्कलन

[sharethis-inline-buttons]

आज्ञा खबर
वीरगञ्ज
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो १० महिनामा उल्लेखनीय राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउनदेखि वैशाखसम्मको अवधिमा कुल रु १ खर्ब ४० अर्ब ४२ करोड राजस्व संकलन गरेको हो, जुन कूल वार्षिक लक्ष्यको ६४.१३ प्रतिशत हो।

कार्यालय प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व संकलनको गति सन्तोषजनक रहँदै आएको छ। “चालु आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी छ,“ उनले भने,“बाँकी अवधिमा पनि राजस्व संकलनमा उल्लेखनीय सुधार हुने अपेक्षा छ।“

महिनागत संकलन विवरण हेर्दा, साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिकमा रु ११ अर्ब १० करोड र मङ्सिरमा रु १४ अर्ब ४० करोड राजस्व उठाइएको थियो।

त्यस्तै, पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड, फागुनमा रु १४ अर्ब ६३ करोड, चैतमा पुनः रु १५ अर्ब ४७ करोड, र वैशाखमा सबैभन्दा बढी रु १५ अर्ब ७२ करोड राजस्व संकलन गरिएको छ। भन्सार विभागले वीरगञ्ज कार्यालयका लागि चालु आर्थिक वर्षमा कुल रु २ खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्ने लक्ष्य तोकेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...