मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, भेल्हीमा बुधबार राति भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

फूलजोर–त्रिभुवननगर सडकखण्डमा बीआर ३० डब्लु ३२५२ नम्बरको भारतीय मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ब्रह्मपुरी–२ निवासी ५० वर्षीय रामप्रताप पण्डितको ज्यान गएको हो। गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि वीरगन्जस्थित एलएस न्यूरो अस्पताल लगिएको थियो तर बिहीबार बिहान उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा तीनजना अन्य घाइते भएका छन्। घाइतेहरूमा ब्रह्मपुरी–२ की ५६ वर्षीया झब्सी सहनी, मोटरसाइकल चालक भारतको सोनवर्षा निवासी २२ वर्षीय वीरजन पटेल र पछाडि सवार ५४ वर्षीय हजारीप्रसाद रौनियार रहेका छन्।

डिएसपी सरोज राईका अनुसार, मोटरसाइकल चालक पटेल र सवार रौनियारको अवस्था गम्भीर रहेको छ र दुवैको वीरगन्जको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते झब्सी सहनी भने मलङ्गवास्थित प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्किसकेकी छिन्।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार चालकले मदिरा सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाएकाले दुर्घटना भएको बताइएको छ।