लागु औषध ब्राउन सुगरसहित दुई जना बर्दिबासबाट पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडा स्थित बी.पी. राजमार्गबाट आज बिहान १०ः३० बजे लागू औषध ब्राउन सुगरसहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–६ का २८ वर्षीय राजेन्द्र डंगोल र पाँचखाल नगरपालिका–५ का २८ वर्षीय दिपेश श्रेष्ठ रहेको लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासले जनाएको छ ।

गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०१–००६ख ७३०३ नम्बरको काठमाडौंतर्फ गइरहेको हायस गाडीलाई जाँच गर्ने क्रममा लागू औषधसहित उनिहरु दुई जनालाई पक्राउ गरेको हो।

गाडीको अन्तिम सिटमा सवार डंगोल र श्रेष्ठलाई प्रहरीले शंका लागि खानतलासी गर्दा प्लास्टिकसहित ७ ग्राम तथा प्लास्टिक हटाउँदा ५.३७ ग्राम तौल भएको अवैध लागू औषध (ब्राउन सुगर जस्तो देखिने अर्ध ठोस पदार्थ) फेला परेको बताइएको छ।

पक्राउ परेका दुवै जनालाई लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीको नेतृत्व ईलाका प्रहरी कायर्नलय बर्दिवासका प्रहरी नायब उपरीक्षक विकास बमले गरेका थिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...