आज्ञा खबर
सर्लाही
सर्लाहीको बागमती नगरपालिका–२, धरहरामा नेपालका प्रथम प्रधानमन्त्री तथा राष्ट्रिय विभूति भिमशेन थापाको पूर्णकद शालिक अनावरण गरिएको छ।
बगाले थापा सेवा समाज सर्लाहीको अगुवाइमा निर्मित उक्त शालिकको अनावरण निवर्तमान रक्षामन्त्री एवं सर्लाही–३ का प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेतीले आज गरेका हुन्।
शालिक निर्माणका लागि बाराको कलैयाका रवीन थापाबाट प्राप्त ६ लाख रुपियाँ र बन्धुहरूबाट संकलित रकम प्रयोग गरिएको समाजका सल्लाहकार देविबन्धु थापाले जानकारी दिए। उनका अनुसार बुद्ध जयन्ति र चण्डी पूर्णिमाको अवसर पारेर अनावरण कार्यक्रम आयोजना गरिएको हो।
शालिक निर्माण बगाले थापा समुदायको कूल पूजास्थलमा गरिएको समाजका अध्यक्ष रामहरि थापाले बताए।
