सिराहामा करेन्ट लाग्दा किशोरको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिरहा जिल्लाको सिरहा नगरपालिका–१७ लचका इनर्वामा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ।

१८ वर्षीय छोटु राम शनिबार राति साउण्ड सिस्टम जडान गरिएको एक पिकअप सवारीसाधनमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई तत्कालै भारतको जयनगरस्थित अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा आइतबार बिहान उनको मृत्यु भएको सिरहा प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार साउण्ड सिस्टम जडान गरिएको पिकअपको नम्बर खुल्न बाँकी छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...