आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवन नगरपालिका–८ की सामाजिक अभियन्ता निकिता परियारले ब्लड क्यान्सरपीडित बिनय बिकलाई आर्थिक सहयोग गरेकी छिन्।
बागमती नगरपालिका–११ निवासी बिक हाल ललितपुरको पाटन अस्पतालमा उपचाररत छन्। शनिबार दिउँसो अस्पतालमै पुगेर परियारले रु ७३ हजार ५सय ७५रुपैयाँ सहयोग स्वरूप हस्तान्तरण गरिन्। उक्त सहयोग रकममध्ये रु ५० हजार ७५रुपैयाँ निकिता परियारले विभिन्न दाताहरूबाट संकलन गरेकी थिइन् भने बाँकी रु २३ हजार ५सय नेकपा माओवादी केन्द्र निकट सर्लाही–काठमाडौं सम्पर्क समन्वय समितिका सचिव शम्भु नेपालको पहलमा संकलन गरिएको हो।
रकम हस्तान्तरण कार्यक्रममा रोजिना थापा, सुष्मा बिश्वकर्मा, सरोज रायमाझी र सबिता खड्का पनि उपस्थित थिए। सहयोगको समन्वयमा संलग्न हरिवन निवासी युवा शशी तामाङले यसबारे जानकारी दिए ।
