आज्ञा खबर
धनुषा
धनुषा जिल्ला, गणेशमान चारनाथ नगरपालिका–५, टरिया टोलकी २४ वर्षीया निर्मला महतो पारिवारिक हिंसाको गम्भीर सिकार बनेकी छिन्। निर्मलाले आफ्नै ससुरा, जेठानसहित परिवारका सात सदस्यमाथि सामूहिक कुटपिटको आरोप लगाएकी छन्।
स्थानीय स्रोतका अनुसार कुटपिटपछि गम्भीर अवस्थामा पुगेकी उनलाई छिमेकीहरूले उद्धार गरी तत्काल अस्पताल पु¥याएका थिए। चिकित्सकहरूले उनको टाउको र छातीमा गम्भीर चोट लागेको पुष्टि गर्दै थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिएका थिए।
तर, निर्मलाको आर्थिक अवस्था कमजोर रहेको कारण एक सातादेखि उनी घरमै उपचारविहीन अवस्थामा बस्न बाध्य छिन्। आवश्यक सहयोग नपाउँदा उनको स्वास्थ्य अवस्था दिनानुदिन जटिल बन्दै गएको परिवारीक स्रोतले जनाएको छ।
यसैगरी सामाजिक न्यायका लागि आवाज उठाउँदै स्थानीयवासीले पीडितलाई न्याय र तत्काल उपचारको व्यवस्था गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।
