मानव बेचबिखनमा संलग्न आरोपमा एक युवक वीरगन्ज नाका नजिकैबाट पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
वीरगन्ज
पर्सा प्रहरीको सक्रियतामा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवकलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–२ निवासी २४ वर्षीय रोजन भुजेल रहेका छन्।

सोमबार साँझ साढे ६ बजे वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेट नजिकै चेकजाँचका क्रममा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले भारततर्फ जाँदै गरेका दुई युवतीसँग भुजेललाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, भुजेलले ती युवतीहरूलाई हेटौंडा र वीरगन्जका कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। अनुसन्धानका क्रममा उनीहरू आफन्त तथा नेपालका सरकारी कर्मचारीको उपस्थितिमा सोधपुछ गर्दा बेचबिखनको आशंका पुष्टि भएपछि भुजेललाई नियन्त्रणमा लिइएको हो।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिमको कसूरमा भुजेलमाथि थप अनुसन्धान गर्न पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...