गाँजासहित सर्लाहीबाट एक युवक पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
प्रहरीले सर्लाहीको हरिवन नगरपालिका–४, पटौनाबाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–७ निवासी २१ वर्षीय सविन बल रहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए। उनका अनुसार, बलको साथबाट १५ केजी २०३ ग्राम गाँजा बरामद गरिएको छ।

सविन बल सिन्धुलीबाट भित्री सडकमार्ग हुँदै प्रदेश ३–०२–०१० प ८२९३ नम्बरको टु–ट्वान्टी पल्सर मोटरसाइकलमा हरिवनतर्फ जाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको बताएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...