आज सीता जयन्ती : जनकपुरधाममा विशेष श्रद्धा र उत्सव

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
आज वैशाख शुक्ल नवमी, हिन्दू धर्मावलम्बीहरूले देवी सीताको जन्मोत्सव – सीता जयन्ती – श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्। मिथिलाको ऐतिहासिक नगरी जनकपुरधाममा हिन्दू धर्मावलम्बीहरूले विशेष पूजाआजा, धार्मिक कार्यक्रम र मेलाको आयोजना गरेका हुँन।

त्रेतायुगमा राजा जनकले यज्ञको क्रममा हलो जोत्दा भूमिबाट सीताको उत्पत्ति भएको विभिन्न पुराण र रामायणमा उल्लेख गरीएको पाइन्छ। अयोध्याका राजा दशरथका पुत्र भगवान रामको जन्मपश्चात्, लक्ष्मीले सीताका रूपमा अवतार लिएर पृथ्वीमा जन्म लिएको धार्मिक विश्वास रहिआएको छ । त्यसपछी राम र सीताको विवाह भएको थियो।

देवी सीता पौराणिक ग्रन्थहरूमा सत्यवती, पतिव्रता र आदर्श नारीका रूपमा चित्रण गरिएकी छन्। नेपाली सांस्कृतिक परिप्रेक्ष्यमा सीतालाई राष्ट्रिय विभूतिको दर्जा दिइएको छ।

रामनवमीको ठीक एक महिनापछि मनाइने सीता जयन्ती विशेषतया मिथिला क्षेत्र र नेपालका विभिन्न भागमा भक्तिपूर्वक मनाउने परम्परा छ । जनकपुरधाममा यस अवसरमा हजारौं श्रद्धालु,भक्तजन भेला भई पूजा, भजन, कीर्तन र धार्मिक शोभायात्रामा सहभागी हुन्छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...