नेपाली सेनाको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

मधेश प्रदेशका सञ्चारकर्मीहरूलाई लक्षित गर्दै नेपाली सेनाले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज (सोमबार)देखि बर्दिबासस्थित मध्य पूर्वी पृतना हेडक्वार्टरमा सुरु गरेको छ।

मध्य पूर्वी पृतना क्षेत्रभित्र रहेका विभिन्न सञ्चार संस्थामा आबद्ध २७ जना सञ्चारकर्मीहरूको सहभागितामा सुरु भएको पाँचदिने कार्यक्रममा सेनाको संगठन, जिम्मेवारी, भूमिका र प्रमुख गतिविधिहरूको बारेमा जानकारी दिइनेछ।

कार्यक्रमको उद्घाटन गर्दै पृतनापति उपरथी कृष्ण बहादुर जि.सी.ले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे।

अभिमुखीकरण अवधिमा सेनाका विभिन्न विभाग प्रमुखहरूले प्रस्तुतीकरण र अन्तरक्रिया मार्फत सञ्चारकर्मीहरूलाई रक्षा क्षेत्रको यथार्थ बुझेको पत्रकारिताका लागि आवश्यक जानकारी प्रदान गर्नेछन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...