नगरवासीको बिजुली महसुल पालिकाबाट भुक्तानी

आज्ञा खबर
रौतहट
रौतहटको मौलापुर नगरपालिकाले सञ्चालनमा ल्याएको जनमुखी योजनामा नि–शुल्क बिजुली–पानी’ अन्तर्गत नगरवासीहरूको सम्पुर्ण विद्युत् महसुलको खर्च स्थानीय सरकारले नै बेहोर्दै आएको छ।

यसैक्रममा, वैशाख महिनाको लागि २२ लाख १० हजार रुपैयाँ बराबरको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणको मौलापुर वितरण केन्द्रलाई नगरपालिकाकी मेयर रिना साहले चेकमार्फत हस्तान्तरण गरेकी छन्।

नगर प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ मा मात्रै नगरपालिकाले जनताको विद्युत् महसुल बापत हालसम्म २ करोड ५७ लाख १० हजार रुपैयाँ निकासा गरिसकेको छ।

नि–शुल्क बिजुली–पानी’ कार्यक्रम मेयर साहको नेतृत्वमा विगत ८ वर्षदेखि निरन्तर सञ्चालनमा छ। साह २०७४ सालदेखि लगातार मेयर पदमा कार्यरत रहँदै आएकी छन्। यो नगरपालिका प्रतिनिधिसभा सदस्य प्रभु साहको निर्वाचन क्षेत्र पनि हो, जसले यस क्षेत्रमा विकास र जनसेवाका कार्यक्रमहरूलाई थप प्राथमिकता दिइएको संकेत गर्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...