मधेश प्रदेशमा सार्वजनिक बिदा

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेश सरकारले जानकी नवमी र कविर जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गर्दै बैशाख २३ गते मंगलबार जानकी नवमीको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक बिदा दिईएको जानकारी दिएको हो। यसअघि पनि प्रदेश सरकारले जानकी नवमीको दिन बिदा दिंदै आएको थियो।

यिनै पर्वको राष्ट्रिय मान्यता र महत्वलाई उजागर गर्न माग गर्दै शनिबार जनकपुरधाममा साधु–सन्तहरूले जुलुस निकालेर संघीय सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले देशभर नै सार्वजनिक बिदा दिनुपर्ने माग राखेका थिए।

त्यस्तै, मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयको सूचनामा जेठ २८ गते बुधबार कविर दास जयन्तीको अवसरमा समेत सार्वजनिक बिदा दिईएको उल्लेख गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...