आज्ञा खबर
रौतहट
रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लचकामा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी एकै परिवारका बुबा र छोरीको ज्यान गएको छ।
पूर्व–पश्चिम लोकमार्ग अन्तरगत हेटौँडाबाट चन्द्रनिगाहपुरतर्फ आइरहेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार मोटरसाइकलमा सवार रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको ज्यान गएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका बलिरामको चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो भने उर्मिलाको बारास्थित एल एस न्यूरो हस्पिटलमा निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न कार र चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ निवासी कुमार पोखरेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमालिई
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिए ।
