बर्दिवास अस्पतालले जेष्ठ महिना भित्रै मनोरोग तथा सर्जरी सेवा सञ्चालन गर्ने

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
अब गाउँमै बसी बसी बिशेषज्ञ चिकित्सकबाट गुणस्तरीय उपचार पाउने सपना साकार हुँदै गएको छ। बिगत दुईबर्ष यता महोत्तरीको बर्दिवास स्थित एकमात्र सरकारी नगर अस्पताल बर्दिवास अस्पतालले बिशेषज्ञ सेवा सहितको स्वास्थ्य उपचार सुरु गरेसँगै स्थानीयबासीमा आशा र उत्साहको नयाँ किरण देखिएको हो।
विशेषगरी बर्दिवास भन्दा बाहिरका शहरहरुमा उपचारकालागी जान नसक्ने वृद्धवृद्धा, सुत्केरी महिला, अशक्त बिरामी तथा आर्थिक रूपमा बिपन्न वर्गलाई बर्दिवास अस्पतालले बिशेशज्ञ सेवा शुरुगरेदेखी राहत पु¥याएको छ। अस्पतालमा आन्तरिक रोग, बाल रोग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, छाला रोगजस्ता बिभिन्न बिशेषज्ञ सेवाहरू चरणबद्ध रूपमा बिगतमानै सुरु भईसकेका छन्।

बर्दिवास अस्पतालका प्रमुख डा. सुदिप कुमार ठाकुरका अनुसार, अस्पतालले नगर भित्रका ग्रामीण समुदायमा समेत गुणस्तरीय र बिशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने लक्ष्य राखेर सेवा विस्तार गरेको हो ।
यसले बिरामीलाई महँगो शुल्क तिरेर उपचारकालागी अन्य सहरतिर जानुपर्ने बाध्यतालाई न्युनिकरण गरेको छ।”
“पहिला मामुली रोगको उपचारका लागि पनि जनकपुर धाउनुपथ्र्यो,अहिले बर्दिबास अस्पतालमै राम्रो उपचार पाइने बर्दिवासका स्थानीय किसान शिवकुमार यादव भन्छन्, उनले,भने यो त हाम्रोलागी ठुलो उपलब्धि हो।”
अस्पतालमा हाल हप्तामा ६ दिन बिशेषज्ञ सेवा प्रदान गरिएको छ। यसैगरी गत फागुन ११ गते देखी सार्बजनिक बिदाको दिन बाहेक दैनिक रूपमा बिहान ८ बजेदेखी १० बजे सम्म प्रभातकालिन ओ.पि.डि सेवा सञ्चालनमा रहेको अस्पताल स्रोतले जनाएको छ। त्यसकासाथै, एक्स–रे, ल्याब परीक्षण, भिडियो एक्स–रे,अल्ट्रासाउन्ड लगायतका सुविधा नियमित रुपमा सञ्चालन गरेको आस्पतालमा यहि बैशाख महिनाको अन्तिम सातादेखी आर.सि.टी दन्त चिकित्सक सेवा र जेष्ठ महिना भित्रै मनोरोग बिशेशज्ञ सेवा तथा सर्जरी सेवा समेत सञ्चानगर्ने लक्ष्य लिएको छ।
बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको बर्दिवास अस्पताललाई“मोडल ग्रामीण स्वास्थ्य संस्था” बनाउनेतर्फ समेत कदम चालिएको हुनाले पनि मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले यहि बैशाख १४ र १५ गते गरेको छड्के एम.एस.एस अनुगमनमा ८५ प्रतिशत अंक ल्याएर अस्पताल मधेश प्रदेशकै उत्कृट नगर अस्पताल बन्न सफल भएको अस्पताल श्रोतले जनाएको छ ।
हाल बर्दिवासको सरकारी अस्पतालमै गुणस्तरीय उपचार सेवा उपलब्ध भएपछि यस भेगको जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। अस्पतालको यस्तो सेवा विस्तारले नगरभित्रका गाउँ,टोलहरुलाई समेत ’स्वस्थ र समृद्ध समाज’को लक्ष्यमा लईजान थप मजबुत बनाउने विश्वास लिइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...