सिरहाको डण्डामा दुई थान भरुवा बन्दुक फेला, सिकार खेल्न गएका व्यक्तिहरू फरार

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिरहाको गोलबजार नगरपालिका–१० डण्डास्थित आँपगाछी क्षेत्रबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार, बन्दुक पड्किएको आवाजबारे प्राप्त सूचनाका आधारमा प्रहरी टोली घटनास्थलमा पुग्दा ती बन्दुकहरू फेला परेको हो।

प्रहरी निरीक्षक गोविन्द साहले बताएअनुसार, प्रहरी आउने खबर पाउनासाथ बन्दुक पड्काउने व्यक्ति फरार भएका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरू सिकार खेल्न गएका भन्ने खुलेको छ। हाल फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...