आज्ञा खबर
रौतहट
रौतहटको माधवनारायण नगरपालिकाले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम नगरपालिकाकै एउटा सराहनीय पहल हो ।
जसले समाजमा जेष्ठ नागरिकप्रतिको कदर र सम्मान दर्शाएको छ।
१४० जना ८५ वर्षभन्दा माथिका नागरिकलाई सम्मान गर्नु, र झुल, साल, बिस्कुट, च्यवनप्राश तथा इमरजेन्सी लाइट वितरण गर्नु केवल औपचारिकता मात्र होइन, ज्येष्ठ नागरिकप्रति सहानुभूति र कर्तव्यबोधको अभिव्यक्ति पनि हो। सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बैजनाथप्रसाद यादवले “अभिभावक, नगरको पहिचान भएको बताएका छन्।
उनले नगरले जेष्ठ नागरिकलाई सम्मन गरीनु गौरबको बिषय भएको भन्दै यस्ता कार्यक्रमले एक आपसका भावनात्मक पक्षलाई अझ सशक्त बनाएको जनाए।
नगरपालिकाले रामसागर देवी यादवजस्ता नागरिकहरूबाट प्राप्त सुझावलाई आत्मसात गर्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिँदा स्थानीय सरकार र नागरिकबीचको सम्बन्ध झनै बलियो बन्ने बिश्वास ब्यक्त गरे।
रौतहटको माधवनारायण नगरपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































