आज्ञा खबर
बर्दिवास
महोत्तरीमा सोमबार साँझ पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ ।
जिल्लाको मनरासिश्वा नगरपालिका– १ बस्ने विकेशकुमार सिंहको १२ वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरी डाक्नेश्वर नगरपालिका–९ लखनपट्टी घर भई मामा घर आएका रुपेश सिंहका ११ वर्षीय छोरा आयुष भन्ने आदित्य सिंहको डुबेर ज्यान गएको हो ।
दुबै बालकको मनरासिश्वामा रहेको महादेव मन्दिरको पोखरीमा नुहाउन गएका बेला डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गर्मी छल्न दुबै जना सो पोखरीमा नुहाउन पुगेका थिए ।
राति अबेरसम्म पनि दुवै बालक घर नफर्किएपछि खोजतलास गर्दै जाँदा पोखरीको किनारमा दुवै जनाको कपडा र चप्पल राखिएको तथा दुवैको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृतक दुबै बालकका शवलाई प्रादेशिक अस्पताल जलेश्वरमा मङ्गलबार पोस्टमार्टम गरी शव परिवारजनलाई जिम्मा लगाइसकेको बताईएको छ ।





































